aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

लकडाउन विरोधी प्रदर्शनमा पुलिसले गर्‍यो 'राम धुलाई'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ असोज २०७८
लकडाउन विरोधी प्रदर्शनमा पुलिसले गर्‍यो 'राम धुलाई'

एजेन्सी। महामारीको क्रममा अष्ट्रेलियाको सरकारले कोभिड-१९ विरुद्ध लड्न कडा प्रतिबन्ध लगाउने छनौट गरेको छ। महामारी सुरु भए देखिको यो छैटौँ लकडाउन पछि मेलबर्नमा सो विरोधी प्रदर्शनकारीहरू भएका छन्। यस क्रममा प्रदर्शनकारीहरू र प्रहरी बिच ठुलो झडप भएको छ। 

रोयटर्सका अनुसार मेलबर्नमा ठुलो सङ्ख्यामा मानिसहरू गैर कानुनी लकडाउन विरोधी र्‍यालीमा पक्राउ परेका थिए। महानगरीय क्षेत्र भिक्टोरिया राज्यमा  हिजो शनिवार ५०० भन्दा बढी सङ्क्रमणको रिपोर्टसंगै यो महानगरीय क्षेत्रमा छैटौँ लकडाउन घोषणा भएपछि मानिसहरू बिरोधमा उत्रिएका हुन्। 

भिक्टोरिया पुलिस कमान्डर मार्क ग्यालियटले स्थानीय सञ्चारमाध्यमहरूलाई स्वतन्त्रता हननको विरोध गर्नको लागी नभई पुलिस सँग लड्नको लागी मानिसहरू बाहिर आएको बताएको सो समाचारमा उल्लेख छ। 

आन्दोलनकारीले भने शान्तिपूर्ण आन्दोलनलाई आपराधिक बनाएर र अधिकारीहरूलाई हस्तक्षेप गर्न लगाएर अष्ट्रेलियाको सरकारले परिस्थितिलाई झनै नराम्रो बनाइरहेको बताएका छन्। उनीहरूले स्वतन्त्रता प्रेमी जनतालाई सडकमा उत्रेर अत्याचारको विरोध गर्न आव्हान समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस