
एजेन्सी । भारतको चर्चित एस बैंक घोटला प्रकरणमा राणा कपुरकी श्रीमती र छोरी समेत हिरासतमा पुगेका छन् । बैंकका सह संस्थापक राणा कपुर माथिको यो अनुसन्धान अघिल्लो वर्षदेखि नै जारी छ ।
राणाकी श्रीमती, दुई छोरी राधा र रोशनी सिबिआईको न्यायिक हिरासतमा पुगेका छन् । अब कम्तीमा पाँच दिनसम्म उनीहरू हिरासतमै बस्नु पर्नेछ । उनीहरूको जमानतमा रिहाइका लागि गरिएको माग अदालतले अस्वीकार गरेको हो ।
एस बैंक डिएचएफएलको विषय मनि लन्ड्रिङसँग जोडिएको विषय हो । यस सम्बन्धमा राणा कपुर विरुद्ध भारतको प्रवर्तन निर्देशालय (ईडी)ले अघिल्लो वर्ष मार्च ८ गते राणा कपुर विरुद्ध मुद्दा दायर गरेको थियो ।
ईडीको के दाबी छ भने राणा कपुरले एस बैंकको प्रमुख रहँदा डिएचएफएललाई ३७ सय करोड लाभ पुर्याएका थिए । त्यो बेला डिएचएफएलको डिभेञ्चर एस बैंकमा लगानी गर्नु पर्नेमा आफ्नो परिवारलाई लाभ हुनेगरि लगानी गरेका थिए ।
यो घटनामा राणाकी श्रीमती र छोरीको नाममा रहेको कम्पनीलाई ६ सय करोडको कथित ऋण समेत प्राप्त भएको देखिएको छ । यसअघि राणा मात्रै हिरासतमा रहेकोमा अहिले परिवार नै जेलभित्र पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस