पछिल्लो एक महिनाको अवधिमा देशभर एक दर्जन स्वास्थ्य संस्था र चिकित्सकमाथि आक्रमण भएका छन् । लगातारको आक्रमणपछि स्वास्थ्य संस्था र चिकित्सकको सुरक्षाको विषय पुनः उठेको छ ।
यससँगै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन ०६६ र नियमावली ०६९ मा तत्काल संशोधनको माग हुन थालेको छ । चिकित्सकहरूले ऐन र नियमावली तत्काल परिमार्जन गरी विनाधरौटी हिरासतमा लिई जेल चलानको प्रावधान राख्न चिकित्सकले माग गरेका छन् ।
तत्काल यस्तो प्रावधानको व्यवस्था नगरे सेवामा समस्या आउने चेतावनीसमेत उनीहरूले दिएका छन् ।
नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा आपराधिक मानसिकता बोकेका व्यक्तिहरूलाई छानबिन गरी कडा कारबाही नगरिएको खण्डमा असुरक्षित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्न नसकिने बताए । यो समाचार यो समाचार आजको नयाँपत्रिका दैनिकमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस