aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

उपत्यकाभित्र दोस्रो र देशैभरी पहिलोमात्र खोप आजदेखि लगाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ असोज २०७८
उपत्यकाभित्र दोस्रो र देशैभरी पहिलोमात्र खोप आजदेखि लगाइने

काठमाडौं । सोमबार (आज)देखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको पहिलो भेरोसेल खोप मात्रा लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले पहिलो मात्रा लगाएकालाई कात्तिक ४ देखि १४ गतेसम्म दोस्रो मात्रा खोप लगाइने छ। चार उमेर समूहलाई जिल्लाअनुसार खोप दिइने मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताएका छन ।

काठमाडौ उपत्यकाभित्र भने सोमबारदेखि तीन दिनसम्म भेरोसेलको दोस्रो मात्रा खोप लगाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  काठमाडौंमा १४५ खोप केन्द्रबाट भेरोसेलको दोस्रो मात्रा लगाउन शुरु गर्ने मन्त्रालयलको सहप्रवत्ता डा अधिकारीले जानकारी दिए । 

ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका नागरिकलाई खोप लगाइने छ । काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउन बाँकी नागरिकलाई खोप दिइने उनले जानकारी दिए। यस्तै १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई पनि खोप दिइनेछ । 

काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने मन्त्रालयले जनाएको छ।

बाँकी जिल्लामा मनाङ, मुस्ताङ र रुकुमपूर्व बाहेकका जिल्लामा भने ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिने  तयारी मन्त्रालयले गरेको छ। त्यसबाहेक यसअघि छुटेका अग्रपंक्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले बताएको छ।

अन्य जिल्लामा भेरोसेलको पहिलो मात्रा खोप दिइरहेका बेला काठमाडौँ जिल्लामा भने सामेबारदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइने भएको छ । पहिलो मात्रा खोप लगाएका दुई लाख ४० हजार नागरिक भेरोसेलको दोस्रो मात्रा लगाउन बाँकी रहेकाले दोस्रो मात्रा लगाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस