मानिसको ज्यान जाने गरी भएको सवारी दुर्घटनामा संलग्न चालकलाई उन्मुक्ति दिन नक्कली चालक खडा गरेको अभियोगमा नेपाल प्रहरीका निरीक्षकसहित सात जनाविरुद्ध मुद्धा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार इलाका प्रहरी कार्यालय नवलपरासी गैँडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीसहित सात प्रहरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस