aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

संघियताको पूर्ण कार्यान्वयन ! पुजा गर्दा र एक वडाबाट अर्कोमा जाँदा पनि कर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ असार २०७६
संघियताको पूर्ण कार्यान्वयन ! पुजा गर्दा र एक वडाबाट अर्कोमा जाँदा पनि कर

 रौतहटको चंद्रपुर नगरपालिकाले एउटा वडाबाट  अर्को वडामा जाने सवारी साधन र स्थानीय मन्दिरमा पुञ्ज गर्ने श्रदालुमाथि कर थोपरेको छ।  
नगरपालिकाको कुनैपनि वडाबाट वडा नम्बर ३ मा जाँदा पटकेकर लाग्ने भएको हो । त्यस्तै टुटेश्वोर महादेवमा पुजाअर्चना गर्न जाने भक्तालुसंग प्रतिभाक्तालु  १० रुपयाँ कर लगाउने निर्णय गरेको छ। 

नगरपालिकाले चन्द्रनिगाहपुर- गैडाटार सडकमा यात्रा गर्दा इ-रिक्सा, ठेलागाडालाई पटक पटक १० रुपयाँ, कार जिप ट्याक्टरलाई २० रुपयाँ, टिप्परलाई ५० रुपयाँ कर लगाउने निर्णय गरि ठेक्का समेत लगाई सकेको छ।  यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ। 

प्रतिक्रिया दिनुहोस