aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

फेला पर्‍यो राज कुन्द्राको बिजनेस प्लान, देख्दै थिए डेढ करोड डलर कमाउने सपना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ असोज २०७८
फेला पर्‍यो राज कुन्द्राको बिजनेस प्लान, देख्दै थिए डेढ करोड डलर कमाउने सपना

एजेन्सी । अश्लील फिल्मका कारोबारी राज कुन्द्राले बनाएको आगामी दुई वर्षसम्मको व्यापार योजना समेत भारतीय प्रहरीको हात परेको छ । जस अनुसार अबको दुई वर्षमा आफ्नो एपका प्रयोगकर्ता तीन गुणा र कूल नाफा ८ गुणाले वृद्धि गर्ने योजना बनाएका रहेछन् ।  

उनले जम्मा ११९ वटा फिल्म बनाइसकेका थिए । यसको कलेक्सन आठ करोड ८४ लाख रुपैयाँमा उनी बेच्न चाहन्थे । उनको एउटा एपमाथि प्रतिबन्ध लागेपछि अर्को एप बनाएको पनि खुलासा भएको छ । उनी डिजिटल मिडियाबाट अवैध ढङ्गले पैसा कमाउन कुनै पनि कसर बाँकी नराख्ने योजनामा रहेको खुलासा भएको छ । तर, जब छानबिन हुन थाल्यो उनले धेरैजसो डेटाहरू डिलेट गरेर आफूलाई बनाउन खोजेका थिए । 

गएको फेब्रुअरी महिनामा मर्डआइल्याण्डमा पुलिसले छापा मार्दा उनको यस्तो अवैध धन्दाको खुलासा भएको हो । यस घटनामा गहना वसिष्ठसमेत जोडिएकी छिन् । राज कुन्द्राको अफिसबाट २४ वटा हाड डिस्क जफत भएका थिए । जसमा ३५ वटा यस्ता फिल्म फेला परे । अर्को एउटा कम्प्युटरमा १६ र तेस्रो कम्प्युटरमा ६० भन्दा धेरै फिल्महरू भेटिए ।  

उनले एक कन्टेन्ट खर्च, आम्दानी र भविष्यको योजना बनाएको कम्प्युटर पनि पुलिसको हातमा पुगेको छ । त्यति मात्रै होइन उनले गुगल र एपलसँग गरेको कारोबारको समेत हिसाबकिताब पुलिसले फेला पारेको छ ।  

राज कुन्द्राको व्यापार योजना अनुसार सन् २०२१ मा ३१ लाख ३२ हजारभन्दा बढी रजिस्टर प्रयोगकर्ताहरू पुर्‍याउने र अर्को वर्ष त्यसलाई बढाएर ९८ लाख ३० हजार भन्दा धेरै पुर्‍याउने उनको योजना थियो । सन् २०२२ सम्ममा एक करोड ६५ लाख डलर कूल रेभिन्यु पुर्‍याउने योजना बनाएका राज कुन्द्रा अहिले प्रहरीको हिरासतमा छन् । 

प्रतिक्रिया दिनुहोस