aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

'मैले कोठामा ताला लगाउदा ३१ अर्ब जोगियो'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ असोज २०७८
'मैले कोठामा ताला लगाउदा ३१ अर्ब जोगियो'

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफू अर्थमन्त्री नियुक्त भएर मन्त्रालय छिर्ने वित्तीकै ३१ अर्ब जोगाएको बताएका छन् । असार अन्त्यमा सबैको भुक्तानी गर्ने चलनका कारण अर्थमन्त्रालयबाट ठूलो रकम बाहिर जान्थ्यो उक्त रकम रोक्नका लागि लेखा शाखाको ढोका बन्द गर्न भनेपछि ३१ अर्ब रुपैयाँ जोगिएको हो उनले भने । 

 उनले भने, ‘म अर्थमन्त्री भएर मन्त्रालय जाँदा असारको अन्त्य भइसकेको थियो उक्त समयमा धेरैले भुक्तानीको लागि चांङ देखेपछि यो के हो असार अन्त्यमा मात्र यत्रो भुक्तानी यो रोक्नु भने यो नजानी मैले भनेको थिए तर, पछि बुझ्दै जाँदा ठिक गरेको रहछु भन्ने लाग्यो ।’ 

मंगलबार नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागको कार्यक्रमलाई सम्बोधन गर्दै काम गर्ने वा नगर्ने बीचको भिन्नता पनि नछुट्याउने प्रवृतिले अर्थमन्त्रालय लगायतका सरकारी निकायहरु ग्रसित रहेको उनले बताए । 

उनले भने,  ‘आयोजना समयमा सकिएको छ वा छैन अनि आयोजनाको सानो काम गर्नका लागि पनि मन्त्रालय धाउन पर्ने बाध्यताका कारणले धेरै आयोजनाहरु पीडित रहेका रहेछन् । स्थानीय निकाय, प्रदेश र केन्द्रबीचमा आयोजना निर्माणका बारेमा ठूलो खिचातानी रहेको छ ।’ अब स्थानीय निकाय र प्रदेशलाई आयोजनाका साना साना कामका लागि मन्त्रालयसम्म धाउन नपर्ने व्यवस्था गर्न लागेको उनले जानकारी गराए । 
 

प्रतिक्रिया दिनुहोस