aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

उपत्यकाका स्थानीय तहको आइसोलेसन केन्द्र धमाधम बन्द गर्न थाले

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • बुधबार, ०६ असोज २०७८
उपत्यकाका स्थानीय तहको आइसोलेसन केन्द्र धमाधम बन्द गर्न थाले

काठमाडौं । उपत्यकाका केही स्थानीय तहहरुले कोरोना संक्रमितको संख्यामा कमी हुदैगएको र आइसोलेसन केन्द्रमा बस्ने कोरोना संक्रमितको संख्या घट्दै गएसँगै आइसोलेसन केन्द्र घटाउदै लगेका छन् । काठमाडौंं महानगपालिकाले कोरोना संक्रमणको दोस्रो लहरमा छुट्याएको ३५० बेडहरु सबै खाली गरिएको जनाएको छ ।

पछिल्लो समय कोरोना संक्रमित बिरामीहरु होम आइसोलेसनमै बस्न चाहेकाकारण आइसोलेसन केन्द्रहरु तत्कालका लागि खाली गरेको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिनुभयो । हाललाई सेवा स्थगित गरिएका आइसोलेसन केन्द्रहरु आवश्यक परेमा तत्काल महानगरले आइसोलेसन केन्द्रको स्थापना गर्नसक्ने उहाँको भनाइ छ ।

यता, ललितपुर महानगरपालिकामा पनि आइसोलेसन केन्द्रमा बस्ने कोरोना संक्रमितको संख्यामा कमी हुदैगएको छ । महानगरमा ११० बेडको आइसोलेसनमा अहिले जम्मा २३ जनामात्र कोरोनाका संक्रमित विरामी रहेको मेयर चिरिबाबु महर्जनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस