बाँसले बनाएको सानो झुप्रो । झुप्रोभित्र बालकलाई काखमा राखेर दुख चुसाउँदै थिइन्, देवी विक । एक्कासी हातमा गैँटी, कोदालो, करेँत बोकेको एक समुहले झुप्रोमा गैटीँले हिर्काउन थालेपछि उनी त्रासमा बाहिरिन् ।
त्रसित उनले हात जोड्दै बिन्ती गरिन्, 'पकाएको खान दिनुस्, त्यसपछि भत्काउनुहोला ।' छेउमै रहेकी अर्की महिलाले कराउँदै भन्न थालिन्, 'बच्चाभित्र छन्, बाहिर निकाल्न दिनुस्, भित्रै मर्लान् ।'
चलचित्रको जस्तै यो हृदयबिदारक दृश्य गोदावरी नगरपालिका -६ हरिया स्थित सुकुम्बासी बस्तीको हो। आजको नगरिक दैनिकमा तस्बिरसहित प्रकाशित समाचार अनुसार बिहीबारदेखि शुरु भएको यस्तो 'गुण्डाराज' शनिबारसम्म जारी छ।
प्रतिक्रिया दिनुहोस