aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

नाम मिलेकै भरमा ६ वर्ष कैद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ असार २०७६
नाम मिलेकै भरमा ६ वर्ष कैद

ताप्लेजुङ मेरिङदेन–४ का ३७ वर्षीय गणेश हाङगाम लिम्बूले फरार अभियुक्तसँग नाम मिलेकै भरमा ६ वर्ष कैद भुक्तान गर्नुपर्ने भएको छ । प्रहरी र प्रशासनले नै आफूलाई फसाएको भन्दै उनी न्याय माग्न भौँतारिइरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय इलामले हातहतियार खरखजना मुद्दाका फरार अभियुक्त विक्रम भनिने गणेश लिम्बूविरुद्ध तोकेको ८० हजार रुपैयाँ जरिवाना लिम्बूले जेल पर्ने भयका कारण २१ भदौ ०७५ मा तिरेका थिए । त्यसैलाई आधार मान्दै अदालतले लिम्बूविरुद्ध ३१ वैशाख ०७६ मा ६ वर्ष कैद र ६७ हजार ८ सय ६० रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । यो समाचार आजको नयाँपत्रिका दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस