aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

१३ किमि यात्रा गर्न पाँच सय रुपयाँ भाडा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ असार २०७६
१३ किमि यात्रा गर्न पाँच सय रुपयाँ भाडा

डोल्पामा जिप व्यवसायीले सर्वसाधारणसँग मनपरी भाडा असुलेका छन् । सदरमुकाम दुनैदेखि सुँपानीसम्म १३ किमि सडकमा यात्रा गरेको भाडा पाँच सय रुपैयाँ छ । यो सडकमा एक दर्जन जिप चल्छन् ।

हेलिकोप्टर र तुइनबाट ल्याएर आन्तरिक रूपमा जिप सञ्चालन गरिएको हो । महँगो भाडा तिर्नुपर्दा यात्रु मर्कामा परेका छन् ।

‘सिंहदरबार गाउँ–गाउँमा आएको भने पनि धेरैजसो कामका लागि सदरमुकाम नै धाउनुपर्छ । दुनै आउन–जान एक हजार भाडा तिर्नुपर्छ, अरू खाना खाजा जोड्दा दुई हजार खर्च हुन्छ,’ त्रिपुरासुन्दरी नगरपालिका–१ का डल्लो कुलालले भने, ‘नेपाली सेनाले दुनैसम्मको सडक राम्रो बनाए पनि जिपको भाडा झन् बढाएको छ ।’ दुनैदेखि जुफालसम्म ९ किलोमिटरको मात्रै चार सय भाडा तिर्नुपर्छ । यो यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस