aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

दिप बस्न्यातसंग अख्तियारले लियो ८ घण्टा लामो बयान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ असार २०७६
दिप बस्न्यातसंग अख्तियारले लियो ८ घण्टा लामो बयान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पुर्वप्रमुख याउक्त दिप बस्न्यातसंग बयान लिएको छ।  अनुसन्धान  अधिकृतको टोलीले ललित निवास जग्गा प्रकरणमा तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव बस्न्यातसंग बयान लिएको हो।

तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिवका रुपमा उनले क्षेत्राधिकार नै नभएको बिषयमा तयार परेको प्रस्तावका आधारमा नक्कली मोहीले जग्गा पाएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफनी पुर्व प्रमुखलाई भ्रष्टाचार आरोप छानबिनका क्रममा बयान गरेको यो पहिलो घटना भएको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

त्यसैगरी नयाँ पत्रिका दैनिकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसँग ८ घण्टा बयान लिएको समाचार प्रकाशित गरेको छ । उनी बिहान कर्मचारी नआउँदै बिहान ९ बजे नै अख्तियार पुगेका थिए । शुक्रबार भएकाले कर्मचारी ४ बजे निस्किएका थिए । उनी त्यसपछि मात्र अख्तियारबाट बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस