
कञ्चनपुर । सडक दुर्घटनामा परेर मलेशियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृत्यु भएको छ । शुक्रबार मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्टको घटनास्थलमै मृत्यु भएको खबर पाइएको वडाध्यक्ष शिवराज पनेरुले बताए ।
आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत भट्टसँगै नुवाकोट घर भई सोही कम्पनीमा कार्यरत शिव दाहालको समेत मृत्यु भएको बताइएको छ । मृत्यु हुने दुवैको शव स्थानीय अस्पतालमा राखिएको छ । मृतक भट्टको शव नेपाल ल्याउनका लागि पहल भइरहेको वडाध्यक्ष पनेरुले बताए ।
खैरेनीमा चरी बाघको आतङ्क
भीमदत्त नगरपालिका–६ खैरेनीमा केही दिनदेखि चरी बाघ ९लिओपार्ड क्याट० ले आतङ्क मच्चाएको छ । बाघले गोठमा पसेर स्थानीयका बाख्रा खान थालेको छ । चरी बाघ संरक्षित वन्यजन्तुको सूचीमा समावेश गरिएको जनावर हो ।
खैरेनीका हिरा धानुकले केही दिनदेखि चरी बाघले गोठमा पसेर तीन बाख्राका पाठा खाइसकेको बताए । “हेर्दा रातो पाटो देखिन्छ । राति आउँछ, हल्ला गरेपछि भागेर जान्छ”, उनले भने । स्थानीयवासीका अनुसार मानबहादुर रावल र खगेन्द्रका दुई÷दुई तथा हरिना पाण्डेको एक बाख्रा खाएको छ । अन्य सात बाख्रा दाह्रा लगाएर घाइते बनाइएका छन् । जिल्ला वन कार्यालयको प्राविधिक टोलीले शनिबार स्थलगत निरीक्षण गरी चरी बाघले पु¥याएको क्षतिको जानकारी लिएको छ ।
जिल्ला वन कार्यालयका सहायक अधिकृत जीवछ यादवले स्थानीयवासीले दिएको जानकारीका आधारमा स्थलगत निरीक्षण गरिएको बताउनुभयो । “गाउँबाट सूचना आएपछि त्यहीँ पुगेर जानकारी लिएका छौँ । बाख्रा खाएको पनि हेयौं”, अधिकृत यादवले भदे, “तर बस्तीमा बाघ त नआउनुपर्ने हो, कहाँबाट कसरी आयो, अचम्ममा छौं । रासस
प्रतिक्रिया दिनुहोस