राजधानीको पशुपति मन्दिर दर्शनका लािग पुगेकी एक वृद्धाले आफूमाथि सिरिन्ज आक्रमण भएको बताएपछि शनिवार त्यहाँ केहीबेर तनाव भयो ।मन्दिर प्रवेशका लागि लाइन बस्ने एक वृद्धाले आफूमाथि तिखो वस्तुले घोचेको भन्दै चिच्याइन् ।
लगत्तै पशुपतिनाथ मन्दिरको सबै ढोका बन्द गरेर प्रहरीले शंकास्पद व्यक्तिको खोजी गर्यो । तर सरुवा रोग अस्पतालले सिरिन्ज आक्रमण नभएको बतायो। यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस