aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

यसकारण दिए राजदूत प्याकुरेलले राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ असार २०७६
यसकारण दिए राजदूत प्याकुरेलले राजीनामा

श्रीलंकाका लागि नेपाली राजदूत प्रा.डा. विश्वम्भर प्याकुरेलले परराष्ट्र प्रशासनप्रति चरम असन्तुष्टि देखाउँदै पदबाट राजीनामा दिएका छन्।

प्याकुरेलले परराष्ट्र कर्मचारी कामप्रति गम्भीर नरहेको र आफ्ना स्वार्थ केन्द्रित भन्दै असन्तुष्टिसहित राजीनामा दिएका हुन्। उनको राजीनामा स्वीकृत भएको छ।

‘राजदूतले कुनै पनि कर्मचारीको मूल्यांकन गर्न नपाउने, होस्ट सरकार ( श्रीलंकाका) का मन्त्रीहरु मलाई भेट्न आउने तर नेपाल सरकारका कर्मचारीले आफूले नियमित पठाउने प्रतिवेदनको समेत उत्तर नदिने भएपछि यहाँ पद ओगटेर जनताको कर सकेर बस्नुको औचित्य नभएर राजीनामा दिएँ,’ प्याकुरलले टेलिफोनमा अन्नपूर्णसँग भने, ‘सरकार अर्थात् राजनीतिक नेतृत्वप्रति कुनै गुनासो छैन। तर, कूटनीतिक सेवामा आएका कर्मचारीलाई यसरी नै छोड्ने हो भने उनीहरूले मुलुकलाई भड्खारोमा पार्छन्। उनीहरू कुनै पनि विषयमा कत्ति पनि गम्भीर छैनन्।’ यो समाचार अन्नपुर्ण पोष्टमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस