
एजेन्सी । भारतीय सफ्टवेयर निर्माता फ्रेशवर्क्सका ५०० कर्मचारी एकै पल्ट करोडपति बनेका छन् । प्रेसवकक्सको शेयरहरु अमेरिकी स्टक एक्सचेन्ज नैस्डैकमा सूचीकृत भएको थियो । यस कम्पनीका कर्मचारीहरुले पाएको शेयरको मूल्यहरु अचानक वृद्धि भएका कारणले ५ सय जना कर्मचारी करोडपति भएका हुन ।
कम्पनीले आईपीओ १.०३ बिलियन डलर उठाएको छ । कम्पनी भारतको तमिलनाडुको सानो शहर त्रिचीमा एक ७०० वर्ग फुटको सानो गोदामबाट शुरू भएको थियो । अब यसको कार्यालयहरु भारतको चेन्नई, क्यालिफोर्निया र संयुक्त राज्य अमेरिकामा समेत कार्यालय खुलेका छन् ।
कम्पनीको साधारण शेयर आइपीओ बुधबार ३६ डलरमा सूचिकृत भएको छ । यसपछि कम्पनीको शेयर २५ प्रतिशतले बढेर ४८ डलर पुगेको छ । यसले कम्पनीको मार्केट क्याप १३ बिलियन डलर पु¥यायो । जसले कर्मचारीहरुले पाएको आइपीओको शेयर मूल्य पनि बढ्यो । कम्पनीले आईपीओमा २.८५ करोड शेयर बिक्री गरेको थिए ।
कम्पनीका सीईओ गिरीश मातृबुथमका अनुसार यो कम्पनीको शेयर लिस्टिङ कम्पनीका लगानीकर्ताहरु एक्सेल र सेक्वाइयालाई धेरै लाभान्वित गरेको छ । योसंगै, कम्पनीको लगभग ५०० कर्मचारीहरु करोडपति बनेका छन् ।
प्रतिक्रिया दिनुहोस