
एजेन्सी । भारतका धेरै कर्पोरेट क्षेत्रका घरानाहरुले कोविशिल्ड खोपको बारेमा यूके सरकार को दृष्टिकोणको आलोचना गरेका छन् । भारतीय कर्पोरेट हाउसका आनन्द महिन्द्राले यसलाई खोपमा ’कास्ट सिस्टम’ पनि भनेका छन् ।
बायोकानका अध्यक्ष किरण मजुमदार शा, कोटक महिन्द्रा सम्पत्ति व्यवस्थापन (एएमसी) कम्पनीका निर्देशक निलेश शाहले पनि यस विषयमा बेलायत सरकारको कडा आलोचना गरेका छन् । महिन्द्रा एण्ड महिन्द्राका अध्यक्ष आनन्द महिन्द्राले पनि भारत सरकारले बेलायती स्वास्थ्य एजेन्सी वा उनीहरुको प्रमाणपत्रलाई मान्यता दिन नहुने विचार आफ्नो ट्विटमा लेखेका छन । किरण मजुमदार शाले युके सरकार पीसीआर परीक्षणबाट पैसा कमाउने कोशिशमा लागेको आरोप समेत लगाएका छन ।
बेलायतले अब भारतमा बनेको कोभिशिल्डलाई अनुमोदित खोपको रुपमा स्वीकार गरेको छ । युके सरकारले भनिएको छ , ‘यदि कुनै भारतीयले कोभिशिल्डको कोरोना भ्याक्सिन लिएको छ भने युके यात्रा गर्दा १० दिन क्वारेन्टाइनमा बस्नु पर्छ ।’
आनन्द महिन्द्राले ट्वीट गरी भने, ’ठीक छ बेलायतले एक कदम चालेको छ, तर हामीले दुई पाइला चाल्नपर्छ । अन्यथा हामीले उनीहरुको स्वास्थ्य एजेन्सी÷प्रमाणीकरणलाई पनि सम्पर्क गर्नुपर्छ ।’
किरण मजुमदार शाले ट्वीट गरी भने, ’बेलायतको समस्या कोविशिल्डको हैन तर भारतको डिजिटल प्रमाणीकरणको हो । तर, भारतको डिजिटल प्रमाणीकरण अन्य देशहरुको तुलनामा अधिक विश्वसनीय छ ।’
कोटक महिन्द्रा एएमसीका एमडी निलेश शाहले भने, ’बेलायतको खोप प्रकरणले देखाउँछ कसरी लाखौं ब्रिटिशहरु करोडौं भारतीयहरुमा शासन गर्न सक्षम थिए भन्ने देखाएको छ । केहि मानिसहरु ब्रिटेनको औपनिवेशिक सोचको औचित्य अहिले पनि साबित गर्दै छन् ।’
प्रतिक्रिया दिनुहोस