aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

असन्तुष्ट प्रधानमन्त्री, के होला अब मन्त्रीको गति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ असार २०७६
असन्तुष्ट प्रधानमन्त्री, के होला अब मन्त्रीको गति ?

प्रधानमन्त्री केपी शर्मा ओलीले ६० प्रतिशत काम गरेर सय प्रतिशतको मूल्यांकन नहुने भन्दै मन्त्रालयहरूको कार्यसम्पादनप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोजनामा गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक समीक्षामा उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले सरकारका विभिन्न मन्त्रालयबीच प्रभावकारी समन्वय नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। ‘बाटो किन बनेन भन्दा अर्को निकायले पोल सारिदिएन भन्ने परिपाटीको अन्त्य हुनुपर्छ, प्रशासकहरूले योजना समन्वय, निर्देशन र कार्यान्वयन गराउने विषयमा गम्भीरतापूर्वक ध्यान पुयाउनुहोस्,’ प्रधानमन्त्रीले ओलीले भने।

ओलीले सरकारका मन्त्री वा उच्च पदाधिकारीको परस्परमा बाझिएका धारणा सार्वजनिक हुन नहुने बताउँदै रिर्पोटहरूलाई पुष्टि नगरी विश्वास गर्न नहुने धारणा व्यक्त गरेका थिए। ‘रिर्पोट सुनेर वास्तविकता के छ पत्ता लगाउनोस्, कर्मचारीले कतिसम्म जिम्मेवारीपूर्वक काम गरेका छन्, हेर्नोस्,’ मन्त्रीहरूलाई निर्देशन दिँदै उनले भने। नागरिक दैनिकमा विस्तृतमा खबर छ ।

प्रतिक्रिया दिनुहोस