aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

फेसबुकलाई हालसम्म कै सर्वाधिक जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ असार २०७६
फेसबुकलाई हालसम्म कै सर्वाधिक जरिवाना

प्रयोगकर्ताका तथ्यांकको गोपनीयता कायम राख्न नसकेकोमा फेसबुकलाई ५ अर्ब अमेरिकी डलर अर्थात् साढे ५ खर्ब नेपाली रुपैयाँ जरिवाना हुने भएको छ । यो अहिलेसम्म फेसबुकलाई गरिएको सबैभन्दा ठुलो दण्ड हो ।

फेसबुक प्रयोगकर्ताको तथ्यांकमाथि अनधिकृत पहुँच पुर्‍याएको मुद्दामा फेडरल ट्रेड कमिसन (एफटीसी) ले अनुसन्धान गरिरहेको छ । बेलायतस्थित राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले फेसबुकका ८ करोड ७० लाख प्रयोगकर्ताका तथ्यांकको दुरूपयोग गरेको आरोप फेसुकलाई  छ ।

अमेरिकी अखबारहरूले जनाए अनुसार फेसबुकलाई जरिवाना स्वरूप उक्त रकम तिराउन अमेरिकी नियामक निकायले अनुमति दिएको छ । 


क्याम्ब्रिज एनाललिटिका मुद्दाबारे एफटीसीले सन् २०१८ को मार्चमा अनुसन्धान सुरु गरेको थियो । अधिकारीका अनुसार अनुसन्धान फेसबुकले सन् २०११ को सहमति भंग गरे/नगरेकोमा केन्द्रित थियो । उक्त सहमतिअनुसार फेसबुकले अरूलाई तथ्यांक दिँदा प्रयोगकर्ताको सहमति लिनुपर्ने छ ।


फेसबुकलाई जरिवाना रकम तिराउनुअघि न्याय मन्त्रालयको स्वीकृत आवश्यक पर्ने छ । त्यसका लागि लाग्ने कति समय लाग्छ भन्नेबारे केही उल्लेख गरिएको छैन् । स्वीकृत भएको खण्डमा कुनै प्रविधि कम्पनीमाथि एफटीसीले लगाएको यो सबैभन्दा ठूलो जरिवाना हुने छ । तर केही डेमोक्र्याट सांसदहरूले फेसबुकमाथिको जरिवाना रकम निकै थोरै भएको भन्दै आलोचना गरेका छन् । एफटीसीका सत्तारूढ रिपब्लिकन समर्थकहरू फेसबुकलाई ५ अर्ब डलर जरिवाना लगाउनुपर्ने पक्षमा उत्रेका हुन् । डेमोक्र्याटहरू पक्षधर भने जरिवानाको विपक्षमा उभिएका ‘द वाल स्ट्रिट जर्नल’ ले उल्लेख गरेको छ ।

लगानीकर्ताहरूले फेसबुकमाथि हुन लागोको जरिवानालाई सकारात्मक रूपमा लिएका समाचार संस्था रोयटर्सले जनाएको छ । समाचार सार्वजनिक भएसँगै फेसबुकको सेयर १.८ प्रतिशतले बढेको छ । जरिवाना रकम फेसबुकले अनुमान गरे बराबरकै भएको जनाइएको छ । फेसबुकले उक्त मुद्दामा ठूलो जरिवाना हुन सक्ने भन्दै गत अप्रिलमा आफ्ना सेयरधनीसँग रकम छुट्टाएर राखेको थियो । उक्त रकम फेसबुकको वार्षिक नाफाको एक चौथाइभन्दा कम हो ।

परामर्शदाता कम्पनीले राजनीतिक स्वार्थपूर्ति गर्न गलत तरिकाले फेसबुक प्रयोगकर्ताको सूचना लिएको आरोप लगाइएको छ । क्याम्ब्रिज एनालिटिकाले फेसबुक प्रयोगकर्ताका ती तथ्यांक अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा डोनाल्ड ट्रम्पको पक्षमा पार्न प्रयोग गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस