aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

दीर्घरोगी, क्यान्सर र मिर्गौला फेल भएकालाई दशैं अघि नै नयाँ खोप दिइने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, ०९ असोज २०७८
दीर्घरोगी, क्यान्सर र मिर्गौला फेल भएकालाई दशैं अघि नै नयाँ खोप दिइने

काठमाडौं । एक लाख मात्रा फाइजर खोप दसैँअगावै नेपाल ल्याइने भएको छ ।  आउने मिति यकिन नभए पनि दसैँअगावै खोप आइपुग्ने जानकारी सरकारी अधिकारीले दिएका छन् । 

अमेरिकन कम्पनी फाइजरले उत्पादन गरेको एक लाख मात्रा खोप कोभ्याक्स सुविधामार्फत आउन लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लाल कर्णले खोप छिट्टै आउने जानकारी दिए ।  

उनका अनुसार खोप अस्पतालमा रहेका दीर्घरोगी, क्यान्सर, मिर्गौला फेल भई डायलासिस गराइरहेका, प्रत्यारोपण गरिएका व्यक्तिलाई मात्र  दिइनेछ । फाइजर खोप अरू खोपभन्दा लगाउने तरिका फरक छ, डा. लालले भने, “सुरुमा चिकित्सकको प्रत्यक्ष निगरानीमा खोप लगाइने छ ।”

नेपालले यसअघि नै योजना पठाउँदा कोभ्याक्समार्फत आउने  फाइजर खोप दीर्घरोगीलाई  लगाउने भनिएकाले  तत्काल  बालबालिकालाई नदिने उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस