
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि लगानीको विषयमा ‘रुडिवादी’ देखिएका छन । मोदीले शेयर बजारमा एक रुपैयाँ पनि लगानी गरेका छैनन् । उनीसँग १.८६ करोड रुपैयाँ भारु जम्मा मुद्दती खातामा राखेका छन ।
८.९ लाख रुपैयाँ भारु राष्ट्रिय बचत प्रमाणपत्र (एनएसएस) छ । त्यहाँ १.५ लाख रुपैयाँको बीमा पोलिसी नीतिहरु २०१२ मा खरिद गरेका छन । उलने २०२० मा किनेको २० हजार रुपैयाँ भारु बराबरको एल एण्ड टी इन्फ्रास्ट्रक्चर बण्डहरु पनि छन्।
आधिकारिक आंकडा अनुसार मोदी ३१ मार्च २०२१ सम्म ३.०७ करोड रुपैयाँ भारुको सम्पत्ति रहेको थियो । उनको नेटवर्थ एक बर्ष पहिले २.८५ करोडबाट २२ लाख रुपैयाँ बढेको छ । यसको कारण एसबीआईको गान्धीनगर शाखाबाट राखिएको एफडीको मूल्यमा वृद्धि हो ।
३१ मार्चसम्म उनीसँग १.८६ करोड रुपैयाँको एफडी थियो । जसको मूल्य एक बर्ष पहिले १.६ करोड रुपैयाँ भारु थियो । मोदीसँग १.४८ लाख रुपैयाँ मूल्यका चार वटा सुनका औठी छन्। उनको बैंक खातामा १.५ लाख र ३६,००० नगद छ ।
२०१४ मा प्रधानमन्त्री बनेपछि मोदीले कुनै नयाँ सम्पत्ति किनेका छैनन्। उनीसँग २००२ मा किनेको घर छ जसको मूल्य १.१ करोड रुपैयाँ भारु छ । जम्मा १४,१२५ वर्गफुटको यो घरमा उनी पूरै हैन यसमा पनि एक चौथाई मालिक छन्।
अंग्रेजी बिजनेस न्यूज पोर्टल मिन्टका अनुसार, अमित शाह मोदी सरकारमा सबैभन्दा धनी मन्त्री हुन् । ३१ मार्च २०२१ को उनको कुल सम्पत्ति ३७,९१, ५०, ५८० अर्थात करिब ३८ करोड रुपैयाँ भारु छ ।
प्रतिक्रिया दिनुहोस