
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था( आईक्यान) को अध्यक्षमा कृष्णप्रसाद आचार्य निर्वाचित भएका छन् ।
आचार्यले आगामी साउन ७ गतेदेखि आईक्यानमा अध्यक्षको कार्यभार सम्हाल्दै छन् । संस्थाको कार्यसमितिमा १७ जना रहने व्यवस्था छ ।
आईक्यान २०५३ सालमा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था ऐन २०५३ अन्तर्गत स्थापना भएको एउटा स्वायत्त नियमनकारी संस्था हो । यसले नेपालमा लेखा व्यवसायलाई नियमन गर्छ ।
नेपालमा चार्टर्ड एकाउण्टेन्सी शिक्षाको व्यवस्था गरी परीक्षा सञ्चालन गर्ने हुनाले यसले शैक्षिक संस्थाको समेत कार्य गर्छ । यस अघि कर्मचारी संचयकोषमा प्रशासकको भुमिकामा रह्दा उनले विभिन्न महत्वपूर्ण काम गरेका छन् ।
प्रतिक्रिया दिनुहोस