aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

जी र सोनी टिभीको मर्जमा ९५.२३ प्रतिशत शेयर भएको कम्पनीले भाँड्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० असोज २०७८
जी र सोनी टिभीको मर्जमा ९५.२३ प्रतिशत शेयर भएको कम्पनीले भाँड्दै

एजेन्सी । जी एन्टरटेन्मेन्ट र सोनी पिक्चर्सले मर्जरको घोषणा गरेका छन् । मर्जर सम्बन्धी आवश्यक प्रक्रियाको लागी तीन महिना समय तय गरिएको छ । तर, यो मर्जर सजिलो छैन। ‘इन्भेस्को’ कम्पनी जी एन्टरटेन्मेन्टमा शेयर रहेको छ । यो कम्पनील मर्जरमा बाधा पुग्न सक्ने अनुमान गरिएको छ ।

कुनै पनि मर्जरमा प्रमोटरहरुको हिस्सेदारी महत्वपूर्ण भूमिका खेल्छ । जब प्रमोटरहरु मात्र ४.७७ प्रतिशत स्वामित्व रहेको कम्पनीले मर्जको तयारी गरेको हुनाले अर्कोतर्फ इन्वेस्को जी एन्टरटेन्मेन्ट मा १८ प्रतिशत स्वामित्व रहेकाले मर्जका विरुद्ध कानूनी लडाई लड्ने तयारीमा छ ।

इन्भेस्को कम्पनीले हाल रहेको व्यवस्थापनमा कर्पोरेट शासन कमजोर रहेको आरोप लगाएका थियो । इन्भेस्कोले दुई स्वतन्त्र निर्देशक र एमडी पुनित गोयनकालाई जि एन्टरटेन्मेन्टबाट हटाउन माग गरेको छ । दुई स्वतन्त्र निर्देशकले राजीनामा दिएका छन् । तर, एमडी पुनीत गोयनकाले पद त्याग्न अस्वीकार गरेका कारण समस्या देखापरेको छ । 

जी एन्टरटेन्मेन्टमा प्रमोटरहरुको ४.७७ प्रतिशत हो जबकि फण्ड हाउसेन र अन्यको लगानी ९५.२३ प्रतिशत छ । यीमध्ये म्युचुअल फण्ड ३.७७ प्रतिशत, विदेशी लगानीकर्ता ६७.७२ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेस(एलआईसी)को ४.८९ प्रतिशत शेयर रहेको  छ ।  इन्भेस्कोले विदेशी लगानीकर्तालाई आफ्नो पक्षमा पर्न सक्ने भएकाले मर्ज भाडिन सक्ने देखिन्छ ।  

 इन्भेष्टको आफ्नो लगानीको ३०–४० प्रतिशतसम्मको नाफा व्यवस्थापनसँग माग गरिहेको छ । कम्पनीले प्रति शेयर ४०० भारुमा खरिद गरेको जनाएको छ । जी मनोरन्जनले सोनीसंग दुई बर्ष पहिले नै एक अर्कामा समान साझेदारीको प्रयास गरेको थियो ।  तर, यो प्रस्ताव अहिले आएर साझेदारीमा बल्दनका लागि  जी एन्टरटेन्मेन्टले सोनी तयार भएका छन् । 
 

प्रतिक्रिया दिनुहोस