aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

अमेरिकाले हारेको अफगान युद्धमा कसलाई भयो मालामाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ असोज २०७८
अमेरिकाले हारेको अफगान युद्धमा कसलाई भयो मालामाल

एजेन्सी । अफगानिस्तानमा अमेरिकाले आफ्नो इतिहास कै सर्वाधिक खर्चिलो र लामो युद्ध लड्यो । जसको अन्त्य ३० अगस्टमा भयो । जुन बेला सबै अमेरिकी सेनाले काबुल छोडे ।  

विश्वभरका धेरै मानिसहरूलाई यो कुराको चासो थियो कि अमेरिकाले त्यहाँ युद्धको नाममा कति खर्च गर्‍यो होला ? ब्राउन युनिभर्सिटीले सञ्चालन गरेको कस्टअफ वार प्रोजेक्टका अनुसार यो लडाइमा अमेरिकाले २ खर्ब ३० अर्ब अमेरिकी डलर खर्च गर्‍यो । 

आखिर अमेरिकाले छोडे लगतै त्यहाँ फेरि तालिवानको सत्ता कायम भयो । जसको अर्थ हो, अमेरिकाले यो युद्ध नराम्ररी हार्‍यो । अमेरिकाका लागि यो घाटाको युद्ध भयो होला । तर, कतिपयका लागि भने गज्जबको नाफा कमाउने अवसर पनि बन्यो । 

सन् २००१ देखि २०२१ सम्म यो युद्धमा भएको खर्चमध्ये एक अर्ब ५ करोड अमेरिकी डलर अफगानिस्तान रक्षा मन्त्रालयका लागि खर्च गरिएको थियो । यो रकमको ठुलो हिस्सा ती निजी कम्पनी र सेवा प्रदायकहरूले प्राप्त गरे जसले अमेरिकालाई त्यहाँ सो अभियानमा सहयोग गरिरहेका थिए । 

अमेरिकाको युनिभर्सिटी अफ क्यनडि स्कुल अफ गभर्नेन्सका प्रोफेसर लिन्डा लिम्सका अनुसार यो लडाइँमा अमेरिकी सेनाको सङ्ख्या त्यति धेरै थिएन । सबैलाई सैनिक अखडाहरूमा राखिएको थियो । र, त्यहाँ सेना भन्दा ती ठेकेदारहरू धेरै थिए । 

त्यस्ता ठेकेदार कम्पनीहरू सय भन्दा बढी थिए । तीमध्ये कतिपयले अत्यधिक राम्रो आम्दानी गरिरहेका थिए । त्यसैले अमेरिकाले हारेको यो युद्ध ती कम्पनीहरूका लागि भने वरदान नै साबित भयो । 

 

प्रतिक्रिया दिनुहोस