aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

जर्मनीमा सोसल डेमोक्र्याट विजयी, नयाँ चान्सलर निर्वाचित हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ असोज २०७८
जर्मनीमा सोसल डेमोक्र्याट विजयी, नयाँ चान्सलर निर्वाचित हुने

बर्लिन । जर्मनीमा भएको सङ्घीय संसद्को निर्वाचनमा सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी) विजयी भएको छ । एसपीडीले २५ प्रतिशतभन्दा बढी मत ल्याएर सबैभन्दा ठूलो पार्टी भएको निर्वाचन आयोगले घोषणा गरेको छ । 

सबै जिल्लाबाट प्राप्त विवरणहरुलाई रुजु गरेर अन्तिम रुप दिएपछि मात्रै यस्तो विवरण देखिएको आयोगले जनाएको छ । क्रिश्चियन सोसल युनियन पार्टीले एसपीडीलाई टक्कर दिएको छ । सो पार्टीले २४.१ प्रतिशत मत ल्याएर संसदमा दोस्रो ठूलो दल भएको छ ।

त्यसैगरी तेस्रो भएको द ग्रिन्स पार्टीले १४.८ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजामा उल्लेख छ । आयोगका अनुसार फ्रि डेमोक्र्याटिक पार्टी (एफडीपी)ले ११.५ प्रतिशत मतका साथ चौथो दल हुँदा द एलाइन्स फर जर्मनी (एएफडी) १०.३ प्रतिशत मतसहित पाँचौँ भएको छ । 

नयाँ गठन भएको संसद्ले नयाँ चान्सलर चयन गर्ने छ । झण्डै १६ वर्ष चान्सलर बन्नु भएकी एंगेला मर्केलले बिदा लिएपछि नयाँ चान्सलर निर्वाचित गर्नुपर्ने भएको हो । मर्केलको उत्तराधिकारीले नै नयाँ सरकार पनि गठन गर्ने छन् । नयाँ संसद् गठनका लागि गत शनिबार मतदान भएको थियो ।  एएनआ

प्रतिक्रिया दिनुहोस