aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

३ दिन विद्यालय बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ असार २०७६
३ दिन विद्यालय बन्द

मकवानपुर । लगातारको वर्षाका कारण बाढी र पहिराले अवरोध पुर्‍याएको भन्दै हेटौँडा उपमहानगरपालिकाका केही र भिमफेदी गाउँपालिकाले मातहतका सम्पूर्ण विद्यालय ३ दिनका लागि बन्द गराएका छन् ।

वर्षाका कारण बाढीपहिरो र डुबानका कारण भिमफेदी गाउँपालिकाको सबै विद्यालय र हेटौँडाका बाढी प्रभावित सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको हो ।

भिमफेदी गाउँपालिकाभरिका विद्यालय आजदेखि असार ३१ गतेसम्मका लागि बिदा दिइएको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए । विद्यालय सञ्चालन गर्दा पनि बाढीपहिराका कारण शिक्षक तथा विद्यार्थी विद्यालय आउन सक्ने अवस्था नरहेकाले तीन दिनसम्मका लागि विद्यालय बन्द गरिएको अध्यक्ष लामाले बताए।

प्रतिक्रिया दिनुहोस