aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

दल विभाजन सम्बन्धी अध्यादेश खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ असोज २०७८
दल विभाजन सम्बन्धी अध्यादेश खारेज

काठमाडौं । शेरबहादुर देउवा सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार खारेज गरेकी हुन् ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर राजनीतिक दलसम्बन्धी अध्यादेश १ भदौमा सिफारिस गरेको थियो । २ भदौमा राष्ट्रपतिले अध्यादेश जारी गरेकी थिइन । 

प्रतिक्रिया दिनुहोस