aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

राज कुन्द्राबारे प्रश्न सोध्दा शिल्पाले दिइन् यस्तो जवाफ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ असोज २०७८
राज कुन्द्राबारे प्रश्न सोध्दा शिल्पाले दिइन् यस्तो जवाफ

एजेन्सी । धेरै पैसा कमाउने लोभमा कानुन विपरीत कर्म गर्दा मान सम्मान इज्जत प्रतिष्ठा सबै गुमाएका शिल्पा शेट्टिका पति राज कुन्द्रा धरौटीमा रिहा भइसकेका छन् । तर, पनि उनीबारेको सवालले पिछा नछोड्दा बलिउड अभिनेत्री शिल्पा निकै हैरान बनेकी छिन् । हालै उनले एक कार्यक्रममा पति राज कुन्द्राबारे सोधिएको प्रश्नको जवाफ निकै खरोरुपमा दिएपछि फेरि एक पटक उनी चर्चामा छाएकी छिन् । 

राज कुन्द्राले अवैध फिल्म बनाएको आरोपमा हिरासतमा लामो समय बिताइरहँदा यता शिल्पा शेट्टि भने पारिवारिक जीवनका कारण सधैँ समाचारमा छाइरहिन् । त्यो विषयमा उनिमाथी समेत प्रहरी प्रशासनले सोधपुछ गरिरहेको थियो । त्यहाँ त उनले जवाफ दिइन नै तर सार्वजनिकरुपमा भने उनी यी विषयहरूमा खासै बोलेकी छैनन । 

यसैबिच एउटा भिडियो अहिले सार्वजनिक भएको छ । जहाँ उनलाई कुन्द्राबारे सोधिएको प्रश्नमा कडा जवाफ दिएको देख्न सकिन्छ । जसमा उनले भनेकी छिन्– के म राज कुन्द्रा हो ? म उ जस्तो देखिन्छु । म को हुँ ?   

उनले अगाडी थप व्याख्या गरेकी छिन्– मलाई के लाग्छ भने एक सेलिब्रेटि भइसकेपछि हामीले गुनासो गर्नु हुँदैन । न त कुनै कुरामा सफाइ नै दिँदै हिँड्नु ठिक हुन्छ । यो मेरो जिन्दगीबारेको दर्शन हो ।

 

प्रतिक्रिया दिनुहोस