
चीनको दोस्रो ठुलो रियल स्टेट कम्पनी एभरग्राण्ड टाट पल्टेको घोषणा हुन मात्रै बाँकी छ । सो कम्पनी अहिले तीन सय अर्ब डलरको ऋणमा छ । जुन तिर्न नसक्ने उसले बताइसकेको छ ।
यसरी एउटा सम्पन्न देशको सर्वाधिक ठुलो मध्येको कम्पनी डुब्दा त्यसको असर विश्व बजारमा नै पर्ने गर्छ । सो कम्पनीसँग जोडिएका धेरै कम्पनीहरुको विश्वभरका शेयर बजारमा मूल्य घटेको छ ।
सोमबार मात्रै भारतिय शेयर बजारमा एभरग्राण्डको मूल्यमा ठुलो गिरावट आएको थियो । त्यसैगरि अन्य मुलुकहरुमा पनि यस्तै घटना अघिल्लो हप्तादेखि जारी छ ।
यहाँ के हो एभरग्राण्ड, कसरी यो डुब्यो ? टाँट पल्टिनबाट यो कम्पनी कसरी बच्न सक्छ र यदि टाँट पल्टियो भने त्यसको विश्व अर्थतन्त्रमा कस्तो असर पर्छ भन्ने विषयमा विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित विषयहरुलाई समेटिएको छ ।
के हो एभरग्राण्ड ?
एभरग्राण्ड चीनको सबैभन्दा ठुलो रियलस्टेट कम्पनीमध्ये एक हो । यो कम्पनी सन् १९९६ मा शुरु भएको थियो । जसका चीनकै २ सय भन्दा बढी सहरहरुमा १३ सय भनदा बढी ठुला प्रोजेक्टहरु अहिले पनि सञ्चालनमा छन् ।
यो कम्पनीको रियलस्टेट बाहेक विद्युतिय सवारी, थिम पार्क, खाद्य र पेय पदार्थ, पर्याटनदेखि पिउने पानीसम्मको कारोबार छ । जसमा अहिले दुई लाख भन्दा बढी मानिसहरु काम गरिरहेका छन् । एउटा छुट्टै फुटवल टीमसमेत रहेको यस कम्पनीका मालिक झु झियान हुन् । जो चीनका सर्वाधिक धनिहरुका सूचीमा समेत सामेल छन् ।
समस्या के हो ?
चीनमा घर जग्गा बजार चरम बिन्दुमा पुगेको बेला यो कम्पनीले एकपछि अर्को परियोजना शुरू गर्यो। जसको लागी यसले ठुलो मात्रामा ऋण लियो। तर चिनियाँ सरकारले घर जग्गा बजारको लागी निकै कडा नियम बनाएको छ । यस्ता नियम पालना गर्ने क्रममा कम्पनी घाटामा जान थाल्यो। ऋण बढ्न थाल्यो । कम्पनीको हाल ३०० अर्ब डलर ऋणमा छ । लगभग ३५ लाख करोड नेपाली रुपयाँ ऋणमा रहेको कम्पनीले यो ऋण तिर्ने स्थितिमा आफु नरहेको बताएको छ । त्यसयता यसको अचल सम्पत्तिको बजार मुल्यमा गिरावट देखीएको छ । यसको असर विश्व बजारमा परेको छ ।
किन भयो यस्तो ?
चीनले आफ्नो अर्थव्यवस्था खुला गरेपछि घर जग्गा एक ठूलो बजारको रूपमा देखापर्यो। मध्यमवर्गको आम्दानी बढ्यो र मानिसहरु शहरहरुतिर आकर्षित भए। यसको कारण सम्पत्तीको माग पनि बढ्यो र मागसंगै मूल्यहरु पनि बढे। त्यसैले मानिसहरु घर जग्गामा जुवाको खेल शुरू भयो। त्यो हो, सस्तो मूल्यमा सम्पत्ति किन्ने र उच्च मूल्यमा बेच्ने गरे। त्यहाँ चीनमा धेरै यस्ता भवनहरु थिए, जो मानिसहरुले किनेका थिए। तर , ति भवनहरुमा कोहि बस्दैनन् ।
जब सम्पत्ति बजार अधिक अस्थिर भयो, चिनियाँ सरकार बीचमा आयो। सन् २०२० मा, चिनियाँ सरकारले अचल सम्पत्ति कम्पनीहरुको लागी ३ रातो नीतिहरु ल्यायो। यी मध्ये कुनैको उलंघन गर्ने कम्पनीहरुलाई आर्थिक प्रतिबन्ध र दण्ड लगाउने कुरा भएको थियो । एभरग्रान्ड को संकट यो नीतिको कार्यान्वयन पछि शुरू भएको हो ।
यदि कुनै कम्पनीले सबै रातो लाइनहरु पछ्याउँछ भने त्यसलाई हरियो श्रेणीमा राखिन्छ र त्यो कम्पनीले आफ्नो वार्षिक ऋण १५ प्रतिशत बढाउन सक्छ। यदि एक कम्पनी सबै तीन रातो लाइनहरु पालना गर्दैन भने त्यसले भविष्यमा कुनै ऋण प्राप्त गर्न सक्दैन ।
के चीन सरकारले कम्पनी बचाउन सक्छ ?
बिल्कुल । यदि चीन सरकारले चाह्यो भने, यसले बेलआउट प्याकेज वा कुनै अन्य तरीकाले कम्पनीलाई डुब्नबाट बचाउन सक्छ । चीन सरकारले विगतमा यस्तै कदम चालेको छ, तर एभरग्रान्डेको मामलामा यस्ता आशाहरु धुमिल देखिन्छन् । सरकारले यो कम्पनीको बारेमा कुनै प्रतिक्रिया अहिलेसम्म दिएको छैन ।
यो विश्वास गरिन्छ कि छिन सरकारले कम्पनीलाई धनी र गरीब बीचको आर्थिक खाडल भर्न मद्दत गर्दैन। यदि सरकारले कम्पनीलाई मद्दत गर्यो भने तब यसले जनतालाई यो सन्देश प्रवाह गर्छ कि सरकारले गलत तरीकाले ब्यापारलाई बढावा दिइरहेको छ । जे होस्, यो विश्वास गरिन्छ कि यति ठूलो संकटसंग लड्नको लागी त्यहाँको सरकार केहि कदम उठाउन सक्छ जसरि सन् २००८ मा अमेरिकाले त्यहाँका कम्पनिलाई जोगाएको थियो ।
कम्पनीको दायित्व के छ ?
कम्पनीको हाल ३०० अर्ब डलर ऋण छ । कम्पनीले अर्को एक बर्षमा ३७ अर्ब डलर ब्याज तिर्नु पर्ने हुन्छ । साथै, कम्पनीले १५ लाख भन्दा धेरै मानिसहरुबाट घर जग्गाको लागी अग्रिम पैसा लिएको छ । गतवर्ष कम्पनीले आफ्ना कर्मचारीहरुलाई कम्पनीमा पैसा लगानी गर्न भन्यो अन्यथा उनीहरुलाई बोनस नदिने बतायो । यस तरीकाले कम्पनीलाई आफ्ना कर्मचारीहरुको नै ६ अर्ब डलर ऋण छ ।
कम्पनीको समस्या यहाँ समाप्त हुँदैन। वित्तीय मुल्यांकन एजेन्सीहरूले कम्पनीको मुल्यांकन घटाएका छन् । जब क्रेताहरूले देखे कि कम्पनी बाध्यतामा आफ्नो सम्पत्ति बेचिरहेको छ, क्रेताहरु पनि कम मूल्यमा कम्पनीको सम्पत्ति किन्न थालेका छन् ।
कम्पनीको डुब्दाको असर
विशेषज्ञहरुका अनुसार यदि एभरग्राण्ड जस्तै ठूलो कम्पनी डुब्यो भने त्यसले चीनको सम्पूर्ण घर जग्गा क्षेत्रलाई असर पार्नेछ। अचल सम्पत्ति क्षेत्र चीनको जीडीपी को २९ प्रतिशत योगदान गरेको क्षेत्र हो । त्यसैले यदि अचल सम्पत्ति क्षेत्र प्रभावित भयो भने अन्य क्षेत्रहरुको बृद्धि पनि सुस्त हुन सक्छ ।
साथै चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो। यदि चीनको अर्थव्यवस्थामा केहि उथलपुथल आयो भने यसले सम्पूर्ण विश्वमा असर पार्नेछ । चीनको कम्पनी डुबेको खब को प्रभाव अहिले नै बजारमा देखिएको छ । कम्पनीको सेयर सन् २०१० यताकै न्यूनस्तरमा कारोबार भैरहेको छ । एलोन मस्क, जेफ बेजोस, बिल गेट्स, मार्क जुकरबर्ग लगायत संसारका शीर्ष धनीहरुले यसकारण २६ अर्ब डलर भन्दा बढी घाटा व्यहोरीसकेका छन् । यसरि हेर्दा यसले फेरी सन् २००८ को जस्तै वैश्विक मन्दी ल्याउन सक्छ ।
प्रतिक्रिया दिनुहोस