aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

रिया चक्रवतिलाई बम्पर अफर, छवि सुधार्नेदेखि हप्तामै ३५ लाखसम्म कमाउन सक्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ असोज २०७८
रिया चक्रवतिलाई बम्पर अफर, छवि सुधार्नेदेखि हप्तामै ३५ लाखसम्म कमाउन सक्ने

एजेन्सी । नायक शुसान्तसिंह राजपूतको आत्महत्या प्रकरण पछि सर्वाधिक चर्चा पाएकी रिया चक्रवति अझै पनि बलिउडमा हेडलाइन बनिरहेकी छिन् । उनी बिगबोस सिजन १५ मा सहभागी हुने भन्ने चर्चा चलेको नै महिनौँ दिन भइसक्यो । तर, अझैसम्म निश्चित भने भइसकेको छैन । 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार रियालाई बिगबोसको निर्माता समूहले हालसम्मकै सर्वाधिक बढी पारिश्रमिकसहित अफर गरेको छ । उनलाई एक हप्ताको ३५ लाख भारु दिनेगरि बिगबोसमा सहभागिताको प्रस्ताव अघि बढाइएको हो । 

लामो समयसम्म अनेकौँ टिप्पणीहरूसहित चर्चाको केन्द्रमा रहेकी रिहालाई बिगबोसको घरमा भित्र्याउन सके त्यो रियालिटी सो को टीआरपी निकै माथि पुग्ने आँकलनका साथ यस्तो अफर गरिएको हो भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

यदि उनी बिगबोसमा सहभागी भइन भने उनका बारेमा बनको नकारात्मक छवि सुधार्ने मौका पाउने छिन् । साथै बिगबोसले ठुलो मात्रामा दर्शन पाउनेछ । त्यसबाहेक कम्तीमा दुई हप्ता बिगबोसको घरमा टिकिन भने ७० लाख भारु समेत उनको खातामा सजिलै जम्मा हुनेवाला छ । बिगबोसले अहिलेसम्म गरेको कुनै एक व्यक्तिलाई गरेको यो नै सबैभन्दा ठुलो अफर हो । 

यसअघि सिजन ९ मा रिमिसेनले सो मा रहेबापत दुई करोड २५ लाख रुपैयाँ कूल रकम बुझेको थियो । अघिल्लो वर्ष सिजन १४ का लागि दुई हप्ता बिगबोसमा घरमा बसेमा सिद्धार्थ सुक्लाले ४० लाख भारु पाएका थिए । सिजन १३ मा आफू प्रतियोगीकारुपमा रहँदा सिद्धार्थले प्रतिहप्ता १८ देखि २० लाख लिएका थिए । यसअघि सर्वाधिक पैसा भनेर रश्मि देसाईले लिएकी थिइन् । जसले प्रतिहप्ता २१ लाख प्राप्त गरेकी थिइन । 

 

प्रतिक्रिया दिनुहोस