aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

अडानीलाई खुल्यो दुई कम्पनीको आईपीओ जारी गर्ने बाटो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ असोज २०७८
अडानीलाई खुल्यो दुई कम्पनीको आईपीओ जारी गर्ने बाटो

एजेन्सी । अडानी ग्रुपलाई आज खुसीको खबर प्राप्त भएको छ । उसको बिलमर्क र जेमिनी खाने तेलको आईपीओ जारी हुने भएको छ । कुनै पनि ग्रुप या त्यसका कम्पनीहरूमा जाँचपड्तालको काम लामो समयसम्म भयो भने इन्डियन सेक्युरिटी बोर्ड (सेवी)ले त्यस्तो अवस्थाले रोक लगाउँदै आएको छ । यसअघि अडानी ग्रुपका तीन वटा कम्पनीमा विदेशी लगानी आउने विषय सार्वजनिक भएको थियो । सो सन्दर्भमा लगानीकर्ता भनिएका कम्पनीहरू नक्कली रहेको अनुमानमा अनुसन्धान जारी थियो । 

सो प्रकरणमा अडानी ग्रुपको शेयरको मूल्य निकै नै तल समेत झरेको थियो । अहिले आएर नियमन निकाय अडानी ग्रुपबाट प्राप्त जवाफबाट सन्तुष्ट बनेपछि उसका दुई वटा कम्पनीहरूलाई आईपीओ जारी गर्ने बाटो खुलेको हो । 

यसअघि भारतीय हवाई कम्पनी गो एयरको आईपीओमा पनि रोक लगाइएको थियो । पछि सो प्रतिबन्ध हटाउँदै अगस्ट ३१ मा सो एयरलाइन्सले आईपीओ जारी गर्ने स्वीकृति पायो । 

अहिले गो एयर आईपीओ मार्फत ३६ अर्ब भारु सङ्कलन गर्ने तयारीमा छ भने अडानीको बिलमर्क कम्पनी ४५ अर्ब भारु जुटाउने योजनामा रहेको छ । यो आईपीओ जारी भएपछि अडानी ग्रुपका सात कम्पनी भारतीय शेयर बजारमा सूचीकृत हुनेछन् । 

अडानीको बिलमर्क विशेषगरि खाने तेल र अन्य दैनिक उपभोग्य वस्तुहरूको उत्पादन गर्ने कम्पनी हो । यसमा सिंगापुरको बिलमर्क कम्पनी र अडानी ग्रुपको आधा आधा हिस्सेदारी रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस