aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

जापानमा शक्तिशाली भूकम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ असोज २०७८
जापानमा शक्तिशाली भूकम्प

टोकियो । जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६।१ म्याग्नीच्युडको भूकम्प आएको हो । जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन् । स्थानीय समयअनुसार बेलुका ५।३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ । भूकम्प आएपनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस