aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

खोला छेउमा घर/भवन बनाउँदा कहाँ कति–कति मिटर छोड्ने ?

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • आइतबार, २९ असार २०७६
खोला छेउमा घर/भवन बनाउँदा कहाँ कति–कति मिटर छोड्ने ?

काठमाडौं । उपत्यका विकास प्राधिकरणले निमार्ण गर्न लागेको नयाँ सहरमा ८० प्रतिशत भौतिक पूर्वाधार निमार्ण गरिने भएको छ । 

नयाँ सहर निमार्ण सँंगै घर अथवा भवन बनाउनको लागि खोलाको आकार अनुसार भवन निमार्ण गर्नेुे पर्ने छ । 

खोला किनारामा निमार्ण गर्ने सम्बन्धमा खोलाको नापीको नक्साबाट कायम रहेको छेउबाट दाँयाबायाँ खोलाको आकार अनुसार निमार्ण गर्नुपर्ने छ । बागमती, विष्णुमती र मनोहरा खोलामा २० मीटर छोडेर भवन निमार्ण गर्न सकिने छ । 

धोबीखोलाको हकमा धोबीखोला आयोजना भएको स्थानमा प्राजेक्टको प्लानिङ अनुसारको दुरी र प्लानिङ बाहेकका स्थानमा ९ मिटर छडुन् पर्दछ । 

नख्खु खोलामा १२ मिटर, बल्खु कर्मनासा, कोइ्कु, साङ्ले र महादेव खोलामा १० मिटर र करखुसी खोलामा ६ मीटर छोडेर भवन निमार्ण गर्नु पर्ने छ । 

यसैगरि, टुकुचा सामाखुसी र उपत्यकामा बग्ने  अन्य खोलामा ४ मीटर र कुनै पनि खोला, खोल्छी र राजकुलो छोप्न नपाइने उपत्यका विकास प्राधिकरणले जनाएको छ । 

हनुमन्ते खोला बग्ने क्षेत्रका नगरोन्मुख गा.वि.स.हरूमा समेत खोलाको किनारबाट २० मीटर छाडी निमार्ण गर्न पाइनुका साथै मापदण्डको परिच्छेद २ को प्रकरण नं ६.२ को देहाय १ र २ मा रहेको फार(प्mलोर एरीया रेसीयो) १.२५ को सट्टा १.५ कायम गर्ने उपत्यका बिकास प्राधिकरणले जनाएको छ ।

काठमाडौं उयपत्यका विकास प्राधिकरण र नगरोन्मुख गा.वि.सहरूमा निमार्ण सम्बन्धि गरिएको मापदण्ड २०६४ र ०७२ अनुसार नै निमार्ण कार्य लागु हुने उपत्यका विकास प्राधिकरणका सुचना अधिकारी केशव प्रसाद न्यौपानेले बताए । 

पानी धेरै आएर खोला बाढी ठुलो आए पनि मापदण्ड परिवर्तन नगरी सोही मापदण्ड अनुसार काम अगाडि बढाउने न्यौपानेको भनाई छ । 

प्रतिक्रिया दिनुहोस