
एजेन्सी । एयर इन्डिया अब टाटा समूहको स्वामित्वमा गएको छ । भारत सरकारले टाटा सन्सको बोलपत्र स्वीकार गरेपछि अब भारतीय सरकारी विमान कम्पनी निजी क्षत्रेको भएको हो । सरकारले शतप्रतिशत शेयर बेच्न टेण्डर जारी गरेको थियो । सरकारले एयर इन्डियाको दोस्रो कम्पनी एयर इन्डिया स्याट्सको पनि ५० प्रतिशत शेयर बेच्ने तयारीमा रहेको छ ।
एयर इन्डियाका लागि गठित समितिमा अर्थमन्त्री निर्मला सीतारमण, वाणिज्य मन्त्री पीयूष गोयल र उड्डयन मन्त्री ज्योतिरादित्य सिंधिया छन् । एयर इन्डियाको आरक्षित मूल्य १५,००० देखि २०,००० करोड रुपैयाँ तय गरिएको थियो ।
टाटा समूहले स्पाइसजेटका अध्यक्ष अजय सिंह भन्दा ३ हजार करोड रुपैयाँ बढी बोली लगाएको थियो । यस तरीकाले एयर इन्डिया ६८ वर्षपछि पुन टाटा समूहको अधिनमा फर्किएको छ । एयर इण्डिया १९३२ मा टाटा समूहले शुरू गरेको थियो । टाटा समूहको केजेआरडी यसको संस्थापक थिए । उनी आफैं एक पाइलट थिए। त्यसपछि यसलाई टाटा एयर सेवा नाम दिईयो । सन् १९३८ सम्म कम्पनीले आन्तरिक उडान सुरु गरेको थियो । दोस्रो विश्व युद्धपछि यो एक सरकारी कम्पनी बनाइयो । भारत स्वतन्त्र भएपछि सरकारले यसमा ४९ प्रतिशत शेयर किनेको थियो ।
प्रतिक्रिया दिनुहोस