एजेन्सी । योग गुरु बाबा रामदेवले शेयर बजारबाट करोडपति बनाउने ग्यारेन्टी गरेका छन् । उनका समर्थकहरुबीच एक योग अभ्यसासका बेलामा बाबा रामदेवले उनीहरुलाई करोडपति बनाउने ग्यारेन्टी दिएका हुन । उनको भनाइलाई लिएर अहिले भारतीय सञ्चारमाध्यममा एक भिडियो भाइरल बनेको छ । उनको यो भनाइलाई भारतीय शेयर बजारको नियामक निकाय सेबीले कारबाही गर्न सक्ने आँकलन गरिएको छ ।
रामदेव बाबाले आफ्नो योग अभ्यासका क्रममा बोलेको एउटा भिडियो भाइरल भएको छ । ‘जसमा बाबा रामदेवले आफ्ना समर्थकहरुलाई ’तिमीहरु एक डिम्याट खाता खोलेर रुची सोयाको शेयरमा पैसा लगानी गर्नुहोस । म पूर्ण ग्यारेन्टी गर्छु तपाइँहरुलाई करोडपति बन्नुहुनेछ ।’
वास्तवमा, शेयर बजारको प्रतिफलका बारेमा यस्तो ग्यारेन्टीको गर्नु सेबीको नियमहरुको बिरुद्ध हुन्छ । भारतीय धितोपत्र र विनिमय बोर्ड (सेबी) को नियम अनुसार कम्पनीको कुनै अधिकारी वा कम्पनीको तर्फबाट लगानीकर्ताहरुलाई आग्रह गर्नको लागी यस्तो विचार राख्न पाउदैनन । शेयर बजारका बारेमा यस्तै सल्लाह दिनेलाई कडा कारबाही समेत गरेको छ । सन् २०१७ मा यस्तै इमामीका अध्यक्ष आर.एस. अग्रवाललाई आठ लाख जरिवाना तिराएको थियो ।
प्रतिक्रिया दिनुहोस