aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कारोबार सावधानीका कारण जापानी शेयर बजारमा न्यून गिरावट

  • एएफपी
    एएफपी
  • सोमबार, ०९ बैशाख २०७६
कारोबार सावधानीका कारण जापानी शेयर बजारमा न्यून गिरावट

लभधकश्रटोकियो, जापान । टोकियोको शेयर बजार कारोबार मा भएको सावधानीका कारण यहाँको शेयर बजारमा सोमबार सामान्य न्यूनता आएपनि बजारमा नकारात्मक सन्देश नगएको जापानी शेयर विश्लेषकहरूले बताएका छन् । 

जापानमा विगत दश दिन विदाको समय भएको र अधिकांश विदेशी बजारमा नयाँ गतिविधि शुन्य बनेकाले शेयर बजारमा खासै परिवर्तन नभएको जनाइएको छ ।

 जापानी शेयर बजारको प्रमुख मापक मानिने निक्केई सूचकाङ्कमा सोमबार विहानी समयको कारोबारमा ०।१२ प्रतिशतको गिरावट देखिएको छ अर्थात् निक्केईको कारोबार अङ्क २२ हजार १७४ दशमलब ७२ बाट २५ अङ्कको न्यूनता आएको छ भने टोपिक्सको सूचकाङ्कमा केही बढी अर्थात् शुन्य दशमलब २४ प्रतिशत अङ्कको गिरावट आएको छ । 

सोमबारको कारोबारसँगै टोपिक्सको सूचकाङ्कमा तीन दशमलब ९४ अङकको गिरावट आई एक हजार ६१२ दशमलब ९९ कायम भएको छ । “टोकियोको शेयर बजारमा प्रभावित पार्ने कुनै नयाँ गतिविधिविहीन भएको अवस्थामा लगानीकर्ताहरूले १० दिनसम्मको विदाको भरपुर लाभ लिने सोच देखिएको छ,” शेयर विश्लेषक तथा दायिवा सेकुरिटीका रणनीतिकार हिदेयुकी इसिङ्गुरोले बताए । 

जापानी शेयर बजारलाई प्रभावित पार्ने चिनियाँ तथा अमेरिकी तथ्याङ्कमा विदाको समयमा न्यूनता छाएको देखिएको छ । जापानमा रहेका अमेरिकी, यूरोपेली तथा अधिकांश एशियाली शेयरबजारहरू लामो विदालाई मध्यनजर गर्दै गत शुक्रबारदेखि बन्दभएका छन् भने जापानी बजार सोमबारदेखि आगामी मे ६ तारिखसम्मका लागि बन्द रहनेछन् ।

 यो साता निदेक मोटर कम्पनीलगायतका जापानी कर्पोरेट कम्पनीहरूको आम्दानी शेयर लगानीकर्ताहरूका लागि आकर्षण बनेका इसिगुरोले बताए । बुधबार पहिलेका कारोबारमा निदेकको कारोबारमा ०।२८ प्रतिशतले गिरावट आई १५ हजार ७३० जापानी यन कायम भएको थियो भने फानुकको दुई हजार ८४५ यन कायम भएको थियो । 

लगानीकर्ताले यस साता अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्ट र एमेजनबार लाभको अपेक्षा गरेका उहाँले बताउनुभयो । यस साता जापानको शेयर बजारलाई प्रभावित पार्ने अन्य गतिविधिका रूपमा निन्तेन्दो र बैंक अफ जापानलाई पनि हेरिएको छ । 

टोकियोमा सफ्टबैंक ग्रुपको कारोबारमा ०।२१ प्रतिशतको गिरावट आई ११ हजार ५२० अङ्क कायम भएको छ भने पानासोनिकले ०।२४ प्रतिशत घाटा व्यहोरेको छ ।

प्रतिक्रिया दिनुहोस