aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

इन्डोनेसियामा ७.३ म्याग्निच्यूडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

  • एएफपी
    एएफपी
  • आइतबार, २९ असार २०७६
इन्डोनेसियामा ७.३ म्याग्निच्यूडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

इन्डोनेसियाको पूर्वी मालुकु द्वीपलाई केन्द्रविन्दु बनाएर आइतबार ७.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भ केन्द्रका अनुसार भूकम्प निकै शक्तिशाली भए पनि सुनामीको चेतावनी दिइएको छैन।

स्थानीय समय अनुसार ६.२८ बजे उत्तर मालुकु प्रान्तको टर्नेट नगरबाट करिब १६५ किलोमिटर टाढा भूकम्प गएकाले जनधनको क्षतिको विवरण आउन बाँकी रहेको इन्डोनेसियाली अधिकारीहरूले बताएका छन्।

भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा गएको पनि अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ।  (रासस-एएफपी)

प्रतिक्रिया दिनुहोस