aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित आयोजनामा अर्बौ भ्रष्टाचार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ असोज २०७८
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित आयोजनामा अर्बौ भ्रष्टाचार

भक्तपुर । नेपालको एकमात्र स्थानीय तहमा निर्वाचित नेपाल मजदुर किसन पार्टी (नेमकिपा)ले नेतृत्व गरेको जिल्लाको भक्तपुर नगरपालिकाद्वारा सञ्चालित आयोजनामा नीतिगत भ्रष्टाचार तथा अनियमितता भएको भन्दै पिडित संघर्ष समितिले नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतलाई ज्ञापनपत्र बुझाएको छ । 

संघर्ष समितिले आज आयोजना गरिएको एक कार्यक्रममा सांसद बस्नेतलाई उक्त मुद्धालाई राष्ट्रिय व्यापी रुपमा अगाडी बढाई दिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन । नगरपालिकाद्वारा संचालित देको-मिवा-इतापाके जग्गा एकिकरण आयोजनामा भएको नीतिगत भ्रष्टाचार र अनियमिता रोक्नको लागी आयोजना पीडित संघर्ष समितिबाट सांसद बस्नेतलाई ज्ञापनपत्र बुझाएको हो । 

२०६९ सालमा जग्गा रोक्का गरिएको उक्त आयोजनाको शुरु गरिएको थियो । आयोजनाभित्र १६ सय ५३ रोपनी जग्गा रहेको छ । आर्थिक वर्ष २०७२÷०७३ सालमा एक अर्व १७ करोड बजेटको लागतमा उक्त आयोजनाको निर्मााण कार्य शुरु गरिएको थियो । संघर्ष समितिले विभिन्न राजनीतिक दललाई समेत ज्ञापनपत्र बुझाई सकेको छ । नगरपालिका तथा आयोजकलाई हालसम्मको प्रगति तथा खर्चको विवरण लिखित रुपमा माग गर्दा समेत दिन नसकेको छैन । आयोजनाले नीतिगत कुराहरु हालसम्म कुनै पनि कुरा प्रकाशित समेत गर्न सकेको छैन । उक्त आयोजनाको लागत भन्दा ठूलो नाफा कमाउने गरी आयोजना सञ्चालन गरिएको तथ्य समेत सार्वजनिक भएको छ ।

जम्मा लागत स्टमेट, निर्माण सम्पन्न गर्ने मितिलगायतका संवैधानिक रुपमा गर्नुपर्ने कार्यसमेत तयार नगरी आयोजना शुरु गरी जनताको जग्गा रोक्का गरेको बताइएको छ । नक्सा पास गरी घर निर्माण गरिसकेको ठाउँमा समेत प्रतिशत कायम गर्नुपर्ने भन्दै आयोजनाले जनतालाई दुःख दिएको भन्दै पिडितले गुनासो गरेका छन् । जनतालाई छलछाम गरी भ्रष्टाचार गरी जनतालाई दुःख दिएको साथै जनप्रतिनिधिको नियतमा नै गंभिर प्रश्न खडा भएको छ ।

जनताको तिव्र गुनासो आएपछि एक वर्ष अघि जग्गाको प्लटिङको नक्सा प्रकाशित गरेको तर त्यसमा भ्रष्टाचार, अनियमितता तथा पक्षपाती भएको बुझ्न आएको छ । आयोजनाले जनताको गुनासो तथा आक्रोस बढेपछि ३० दिनभित्र उजुरी दिने भनि सूचना जारी गरेको थियो । छानविन समिति गठन गरेपछि समितिले जनतालाई चित्त बुझ्दो कार्य, व्यवहार तथा उक्तर समेत नदिएको गुनासो गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस