aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

सरकारले हचुवामा कर्मचारी सरुवा गर्दा त्रुटि नै त्रुटि

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शनिबार, १६ असोज २०७८
सरकारले हचुवामा कर्मचारी सरुवा गर्दा त्रुटि नै त्रुटि

काठमाडौं । सरकारले हचुवामा कर्मचारी सरुवा गर्दा त्रुटि नै त्रुटि भेटिन थालेका छन् । सम्बन्धित मन्त्रालय र सिंहदरबारभित्र भन्दा पनि विभिन्न अमूक व्यक्तिको घर र आवासमा कर्मचारीको सरुवा सूची बनाएर सरुवा गरिँदा त्यस्ता सरुवा विवादित र त्रुटिपूर्ण देखिएको हो ।

नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने सहसचिवकै सरुवामा व्यापक त्रुटि देखिएको छ । यसो त कतिपय मन्त्रालयले गरेका शाखा अधिकृत तथा उपसचिवको सरुवामा समेत त्रुटि देखिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सरकारले केही दिनअघि मात्रै विभिन्न मन्त्रालय र निकायका गरी ८५ जना सहसचिवको सरुवा गरेको थियो । ती सरुवामध्ये एक दर्जन बढी संख्याका सहसचिवको सरुवामा त्रुटि देखिएको हो । सामान्यतय कुनै पनि मन्त्रालयले गर्ने सरुवामा त्रुटि भएमा सो मन्त्रालयले सरुवा सच्याउन सक्दैन ।

त्यसका लागि मन्त्रिपरिषद्मा नै सच्याउने सम्बन्धी प्रस्ताव लैजानुपर्छ । ती सहसचिवको केही दिनअघि मात्रै सामान्य प्रशासन मन्त्रालयले नै काज सरुवा गरेको थियो । त्यसरी मन्त्रालयले गरेको सरुवा सम्बन्धित मन्त्रालयले सच्याउन नसक्ने भएकाले त्यसको प्रस्ताव मन्त्रिपरिषद्मा लैजानुपर्छ ।

प्रतिक्रिया दिनुहोस