
नयाँ दिल्ली । सोमबारदेखि भारत आउने सबै बेलायतका नागरिकहरुलाई १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने नियम बनाएको छ । उनीहरुले जुनुकू खोप लगाए पनि बेलायती नागरिकले १० दिन अनिवार्य क्वारेन्टाइन बन्न पर्ने नियम बनाएको हो । भारतले ब्रिटेन आउने भारतीय नागरिकहरुलाई अनिवार्य १० दिन क्वारेन्टाइनमा राख्ने बेलायतको विवादास्पद नियमपछि यो पारस्परिक उपाय लागू गर्ने निर्णय गरेको छ।
अक्टुबर ४ देखि, युकेबाट भारत आउने सबै ब्रिटेनका नागरिकहरु उनीहरुको खोप लगाएका भएपनि भारत आउन पुर्व कोविड १९ ७२ घण्टा पहिला आरटी(पीसीआर परीक्षण गराउन पर्ने छ । त्यस्तै, भारतमा १० दिन घरमा वा होटलमा क्वारेन्टाइनमा बस्नु पर्ने छ र ८ दिनपछि पुन पीसीआर टेष्ट गराउन पर्ने छ ।
खोप प्रमाणपत्र र क्वारेन्टाइन अवधिमा चलिरहेको विवाद यूकेबाट भारतको अपेक्षित उच्च स्तरीय भ्रमणमा रहेको छ। यस अघि, यूकेले भारतको सीरम इन्स्टिच्युटद्वारा उत्पादित कोभिशिल्ड खोपलाई मान्यता दियो तर भारतबाट पूर्ण रुपमा खोप लगाइएका यात्रुहरुको लागी बेलायतमा १० दिनको क्वारेन्टाइन अवधि कायम राखेको थियो । जसले दुबै पक्षहरु बीचको विवादले तीव्र रुप दियो ।
बेलायतले अगस्त ८ मा भारतीय पर्यटकहरुका लागि पर्यटक भिसा पुनः खोल्दै पुन भारतीयहरुलाई रेड लिस्ट बाट एम्बर लिस्टमा भारतीयलाई सारिएको थियो र १० दिनको क्वारेन्टाइन अवधि यथावत रहनेछ।
प्रतिक्रिया दिनुहोस