
काठमाडौं । नेपाली काँग्रेसको काठमाडौंका १० वटा नगरपालिकामा चुनाव हुँदैछ । काठमाडौं महानगर, कीर्तिपुर, नागार्जुन, तारकेश्वर, टोखा, बूढानीलकण्ठ, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकामा चुनाव हुँदै छ । दक्षिणकाली नगरपालिकाका २ नम्बर वडाको अधिवेशन नै हुन बाँकी रहेको छ ।
काठमाडौँ महानगरमा प्रगतिमान रञ्जित र नीलकाजी शाक्यबीच प्रतिस्पर्धा गर्दै छन। शंखरापुरमा सत्यमान लामा र समूहका दीलिपकुमार श्रेष्ठबीच भिडन्त हुँदै छ । कागेश्वरी मनोहरा नगरपालिकामा उद्धव थापा र समूहबाट मिठाराम दाहालको चुनावी मैदानमा छन् ।
त्यस्तै, गोकर्णेश्वरमा रामजी श्रेष्ठ र कुमार लामा चुनाव प्रतिस्पर्थामा छन् । बुढानीलकण्ठ नगरपालिकामा राजु थापा र राजाराम बुढाथोकीलाई उम्मेदवार बनाएको छ । तारकेश्वर नगरपालिकाको नगर सभापतिमा कृष्णहरि महर्जन र श्रीराम थापालाई समर्थन छ ।
त्यस्तै, टोखा नगरपालिकाको नगर सभापतिमा ओमकृष्ण विमली र दीपक जोशीको उम्मेदवारी रहेका छन । नागार्जुन नगरपालिकामा अच्युत पाण्डे र दुर्गा गौतमबीच प्रतिस्पर्धा हुनेछ ।
अधिवेशनको कार्यक्रम बिहान ८ः०० बजेदेखि नै शुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बेलुका ५ः०० बजेपछि निर्वाचन कार्यक्रम नराख्न नगर निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ ।
प्रतिक्रिया दिनुहोस