aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली र निर्वाचन प्रणाली कम खर्चिलो बनाउन माग

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • आइतबार, १७ असोज २०७८
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली र निर्वाचन प्रणाली कम खर्चिलो बनाउन माग

काठमाडौं । एमालेको विधान महाधिवेशनमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न र निर्वाचन प्रणाली कम खर्चिलो बनाउन संविधान संशोधन गर्नुपर्ने आवाज उठेको छ ।

बन्दसत्रमा समूहगत सुझाव दिने प्रतिनिधिह्रुले प्रत्यक्ष निर्वाचन धेरै खर्चिलो भएकाले चुनाव लड्नै नसक्ने अवस्था आएको भन्दै कम खर्चिलो निर्वाचन प्रणाली अपनाउन नेतृत्वलाई सुझाव दिएका छन् । महाधिवेशनमा शुक्रबार पेस भएको राजनीतिक, सांगठनिक एवं विधान संसोधन प्रस्तावमाथिको समूहगत छलफलपछि शनिबार भएको रिपोर्टिङमा निर्वाचन प्रणालीमाथि पुनर्विचार गर्नुपर्ने मत उठेको हो ।

दसमध्ये शनिबार पाँच समूहका नेताहरुले रिपोर्टिङ गरेका थिए । सुदूरपश्चिमबाहेक सबै समूहमा निर्वाचन खर्चिलो भएको विषय उठेको छ । बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओली भने स्वास्थ्यका कारण देखाएर उपस्थित भएनन् । लुम्बिनी प्रदेशको रिपोर्टिङ गर्दै समूह नेता लीला गिरीले भने, ‘चुनाव धेरै खर्चिलो भएको छ ।

पैसा नहुने मान्छे डराउने र टिकट पाउँदा पनि पन्छिनुपर्ने अवस्था छ । पार्टीले निर्वाचन प्रणालीलाई कम खर्चिलो बनाउने नीति लिनुपर्छ भन्ने सुझाव आएको छ ।’ उनले भने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलाई पार्टीले मुद्दा बनाउनुपर्ने सुझाव आएको बताए ।

प्रतिक्रिया दिनुहोस