aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

कांग्रेस तारकेश्वरका सभापतिमा महर्जन, बूढानीलकण्ठमा बुढाथोकी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ असोज २०७८
कांग्रेस तारकेश्वरका सभापतिमा महर्जन, बूढानीलकण्ठमा बुढाथोकी

काठमाडौं । नेपाली कांग्रेस तारकेश्वर नगरपालिकाको सभापतिमा कृष्णहरि महर्जन निर्वाचित भएका छन । सो पार्टीको १४औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न नगर अधिवेशनबाट उहाँले १३५ मत ल्याई विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी श्रीराम थापाले ११४ मत प्राप्त गरे ।

यस्तै  उपसभापतिद्वयमा नवराज अर्याल १२५ र जमुना तिमिल्सिना १२३,  सचिवद्वयमा राजु फुँयाल १२६ र शङ्कर तिमिल्सिना ११७,सहसचिवद्वयमा सरस्वती पौडेल ११७ र अप्सरा खड्का ११४ मत प्राप्त गरी विजय भएका छन ।

यसैगरी कांग्रेस बूढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन । उनले १५५ मत प्राप्त गर्नुभएको थियो भने उनका निकटम प्रतिद्वन्द्वी राजन बुढाथोकीले ६८ मत हासिल गरेका थिए ।

यस्तै  उपसभापतिद्वयमा सानुकान्छा श्रेष्ठ १८१ र शम्भु कार्की १७०,  सचिवद्वयमा विजेन्द्र श्रेष्ठ २०६, विजेन्द्र पुडासैनी १७१,सहसचिवद्वयमा कुमार खड्का १४५ र निर्मला आचार्य (पौडेल) १२८ मतल्याई विजय भएका निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस