aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

विश्वका धनी दुई अर्बपति भारतमा व्यापार विस्तार गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ असोज २०७८
विश्वका धनी दुई अर्बपति भारतमा व्यापार विस्तार गर्दै

एजेन्सी । विश्वका दुई धनी व्यापारी एलोन मस्क र जेफ बेजोस एयरटेल भारतीय धनी व्यक्ति सुनिल मित्तल र रिलायन्स इन्डस्ट्रिजका मुकेश अम्बानीको प्रतिस्पर्दा गर्न तयार भएका छन् । यीचारको बीचमा  लडाई उच्च गतिको ब्रोडबैण्ड र इन्टरनेटको क्षेत्रमा हुने देखिएको छ । मस्क र बेजोसले स्याटलाइटमा आधारित इन्टरनेट कनेक्टिविटीको लागी सेवा प्रदान गर्ने बिभिन्न योजनाहरु भारतमा विस्तार गर्ने योजना सहित भारत सरकारसंग सम्पर्क गरेका छन् ।

एलोन मस्कको टेस्लाको स्टारलिंक र जेफ बेजोसको अमेजनले भारतमा स्याटलाइटमा आधारित इन्टरनेट सेवा सुरु गर्न टेलिकम मन्त्रालय र अन्तरिक्ष विभाग (स्पेस) लाई सम्पर्क गरेका छन। तर, दुबै जनाले अझै लाइसेन्सको लागी आवेदन दिएका छैनन् । भारतको दूरसञ्चार विभागका अनुसार यी कम्पनीहरुको प्रतिनिधिहरुले छलफल गरिएका छन ।

सुनिल मित्तलको भारती ग्लोबल वनवेब कम्पनीमा सबैभन्दा ठूलो हिस्सेदारी छ । युके सरकार पनि यसमा एक साझेदार रकेको छ । भारत बाहेक यो कम्पनीले अर्को बर्षसम्म विश्वका अन्य देशहरुमा स्याटलाइटमा आधारित सेवाहरु शुरु गर्ने योजनाको घोषणा गरेको छन । 

यी कम्पनीहरु स्याटलाइटहरु जस्तै लो अर्थ अर्बिटको माध्यमबाट ब्यान्डविड्थ को ठूलो मात्रामा प्रस्ताव गर्ने योजना बनाएका छन् । जो पृथ्वीबाट लगभग १,००० किलोमिटरको दूरीमा स्थित छ । यसबाट प्रति सेकेन्ड वा अधिक १ गीगाबाइटको गति सेवा प्रदान गर्न सकिन्छ ।
 

प्रतिक्रिया दिनुहोस