aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

फेरिए ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सूचीसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ असोज २०७८
फेरिए ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको काज सरुवा तथा हेरफेर गरेको छ । शुक्रबार भएको गृहमन्त्रीस्तरको निर्णय अनुसार ११ जिल्लाका सिडीओ फेरिएका हुन् ।  

गृह मन्त्रालयका केही सहसचिवलाई प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ भने केही प्रमुख जिल्ला अधिकारीलाई मन्त्रालयमा तानिएको छ  । हाल मन्त्रालयमा कार्यरत २ सहसचिव र ५ उपसचिवसहित १६ जना कर्मचारीको सरुवा गरेको हो । 

गृह मन्त्रालयका अनुसार प्रधानमन्त्री शेरवहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा मोहनराज जोशीलाई पठाइएको छ भने जिल्ला प्रशासन कार्यालय कास्कीमा सहसचिव जयनारायण आचार्यलाई सरुवा गरिएको छ ।   

भोजपुरको सिडिओमा मन्त्रालयका सहसचिव कमलराज ढकाललाई पठाइएको छ भने लमजुङमा सुशील वैद्यलाई प्रजिअको जिम्मेवारी दिइएको छ । त्यस्तै, डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोमबहादुर महत, मनाङमा रविन्द्र आचार्य र म्याग्दीमा चिरञ्जिवी रानालाई सरुवा गरिएको छ । नमराज जैसीलाई रसुवा र अनोज घिमिरेलाई तेह्रथुमको प्रजिअको जिम्मेवारी दिइएको छ । त्यस्तै महत्तरीमा बासु दाहालको सरुवा भएको छ । 

हेर्नुहोस् सूची 


 
 

प्रतिक्रिया दिनुहोस