aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

एक वर्षमै दुईदेखि ६ गुणाले बढ्यो अडानी ग्रुपको शेयर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ असोज २०७८
एक वर्षमै दुईदेखि ६ गुणाले बढ्यो अडानी ग्रुपको शेयर

एजेन्सी । भारतका अर्बपति गौतम अडानी ग्रुपको शेयर एक वर्षमा २ देखि ६ गुणाले बृद्धि भएको छ । गत वर्षको अक्टोबरमा अडानी ग्रुपका ६ कम्पनीको मार्केट क्यापिटलाइजेशन २.६५ लाख करोड भारु रहेको थियो । अहिले यसको मार्केट क्यापिटलाइजेशन ८.९६ लाख करोड भारु पुगेको छ । यी ६ कम्पनीको मार्केट क्यापिटलाइजेशन एक वर्षमा दुई गुणाले बद्धि भएको छ । 

भारतिय स्टक एक्सचेञ्जका अनुसार अडानी इन्टरप्राइजेजको शेयर २५६ भारु रुपैयाँबाट बढेर एक हजार ४ सय ५८ भारु पुगेको छ । त्यस्तै अडानी ट्रासमिसको शेयर २४१ बाट १५७४ भारु पुगेको छ ।   

त्यस्तै, अडानी पावरको शेयर ३४ भारुबाट ९५ रुपैयाँ, टोटल ग्यासको शेयर १८० बाट १४१३ भारु भएको छ । अडानी पोर्टको शेयर ३४१ भारुबाट बढेर ७३४ भारु र ग्रिन इनर्जीको शेयर ६६१ बाट बृद्धि भएर १३९५ भारु भएको छ । 

प्रतिक्रिया दिनुहोस