aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

१० लाख डोज कोभिसिल्ड खोप छिट्टै नेपाल ल्याइने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, १८ असोज २०७८
१० लाख डोज कोभिसिल्ड खोप छिट्टै नेपाल ल्याइने

काठमाडौं । भारतले नेपाललाई उपलब्ध गराउन बाँकी १० लाख डोज कोभिसिल्ड खोप छिट्टै नेपाल ल्याइने भएको छ । भारतको ठूलो खोप उत्पादक कम्पनी सिरम ईन्स्टिच्युटले बाँकी खोप नेपाललाई उपलब्ध गराउने औपचारिक जानकारी दिएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.सागर दाहालले बताए। दाहालका अनुसार उक्त खोप दुई हप्ताधित्रै नेपाल ल्याउनेगरी तयारी थालिएको छ ।

उनले भने,‘भारतले उपलब्ध गराउन बाँकी रहेको १० लाख डोज खोप उपलब्ध गराउने ओपचारिक जानकारी दिएको छ,दशैं अगाडि नै खोप ल्याउने तयारीमा हामी छौं ।’ 

प्रतिक्रिया दिनुहोस