aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

बाढीपीडितको सबै तथ्यांकपछि मात्र आवासको प्रबन्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० असार २०७६
बाढीपीडितको सबै तथ्यांकपछि मात्र आवासको प्रबन्ध

काठमाडौ. । सरकारले सबै निकायसँग तथ्यांक संकलन गरेपछि मात्रै पीडितहरुका लागि आवश्यक आवास पुनःनिर्माणको काम अघि बढाउने निर्णय गरेको छ ।

आइतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

सरकारले पीडितहरुको राहत, उद्धार र उपचारका काममा आवश्यक समन्वय गर्न संघीय, प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधिहरूलाई आग्रह गरेको उहांले जानकारी दिए । 

बैठकले त्यसका लागि सबै निकायसँग समन्वय गरेर काम गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । यसैगरी सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध बाटो, विद्युत, सञ्चारलगायतका अति आवश्यकीय सेवा तत्काल सुचारु गराउन सम्बन्धित निकायलाई परिचालन गरिएको जनाएको छ ।  आजको नेपाल समाचारपत्रमा खबर छ । 

प्रतिक्रिया दिनुहोस