aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

मेलम्ची ठेकेदारलाई भगाएर हाकिमको पानी व्यापार चम्किदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० असार २०७६
मेलम्ची ठेकेदारलाई भगाएर हाकिमको पानी व्यापार चम्किदै

काठमाडौं । सरकारले इटालियन ठेकेदार कम्पनी सीएमसीसित सल्लाह गरी उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने मिति तय गरेको थियो– २७ माघ २०७५ । 

तर खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले नियोजित रुपमा ठेकेदारलाई भगाए । आयोजनाले ठेकेदारलाई दिनै पर्ने भुक्तानी नदिएर भगाइएको थियो । 

ठेकेदारले काम छाडेको सात महिनासम्म कुनै काम सुरु भएको छैन । अझै मेलम्ची कति वर्षपछि आउँछ त्यो निश्चित छैन । मेलम्चीमा पानी उपत्यकामा नआए पनि ट्याकंर र जारबाट पानी आफूर्ति गर्दै आएका व्यापारीलाई भने दीर्घ लाभ प्राप्त हुँदै आएको छ ।

आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेल आफैँ बोलत, जार र ट्याकंरबाट विभिन्न सरकारी तथा गैरसरकारी निकायमा पानी आपूर्ति गर्ने उद्योग चलाएर बसेका छन् ।  आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट 

प्रतिक्रिया दिनुहोस